आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रहरी हाकिममाथि प्रधानमन्त्री खनिएपछि..

  • प्रकाशित मिति : शुक्रबार, साउन १, २०७८



  • निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले असार २७ गते आइतबार हतार हतार गरेको प्रहरी अतिरिक्त महानिरीक्षकहरुको सरुवा सरकार फेरिएसङ्गै रोकिएको छ । २८ गते सोमवार सर्वोच्च अदालतको आदेशपछि ओली सरकारको बहिर्गमन र शेरबहादुर देउवा नेतृत्वको सरकार गठनपछि उत्पन्न परिस्थितिमा सरुवा रोकिएको हो ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा भएको उक्त सरुवामा हरिबहादुर पाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ७ महिना नपुग्दै हेडक्वार्टरको कार्य विभाग,निरजबहादुर शाहीलाई मानवस्रोत एवं प्रशासन विभागबाट अपराध अनुसन्धान विभाग,प्रद्युम्नकुमार कार्कीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय र विश्वराज पोखरेललाई कार्य एवम् अपराध अनुसन्धान विभागबाट प्रहरी प्रशिक्षण प्रतिष्ठान,महाराजगन्ज पुर्याई सहकुल थापालाई प्रशासन प्रमुख बनाइएको थियो । “सुदूर पश्चिमका पाललाई त तुरुन्त भ्यालीबाट तानेर महाराजगन्ज तालिम केन्द्र पठाउने प्रधानमन्त्रीकै ठाडो आदेश थियो ।”,गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा श्रोतले जनआस्थालाई बतायो ।

     

    मंगलबार साँझ नयाँ सरकार गठन भएपछि गृह मन्त्रालयले आईजीपीलाई मौखिक रुपमा सरुवा रोक्न निर्देशन दिएको छ । गृहको निर्देशन उल्लेख गर्दै स्रोत भन्छ,‘अहिलेलाई सरुवा रोक्नु ।’ त्यहिबमोजिम प्रहरी प्रमुख शैलेन्द्र थापा क्षेत्रीले पनि एआईजीहरुलाई ‘अहिले जो जहाँ कार्यरत हुनुहुन्छ, त्यहिँ बसेर काम गर्नु,रमाना नबुझ्नु’ भनेर आदेश दिनुभएको थियो ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij