आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बर्दियामा साउन १० गतेसम्म निषेधाज्ञा थप

  • प्रकाशित मिति : शुक्रबार, साउन १, २०७८



  • बर्दिया । बर्दियामा असार ३१ गतेसम्म जारी निषेधाज्ञा साउन १० गतेसम्मका लागि थप गरिएको छ ।

    जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले साउन १० गतेसम्मका लागि निषेधाज्ञा बढाएको हो । यस अवधिमा सावधानी अपनाउँदै दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

    विद्यालय, पार्लर, सैलुन, रेष्टुरेन्ट, जिमखानासहितका बढी भीड हुने पसलहरु भने खोल्न नपाइने प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिनुभयो ।

    यस्तै सार्वजनिक सवारी साधनहरु स्वास्थ मापदण्डको पालना गरी बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म चलाउन पाइने बताइएको छ । 

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij