आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दाङमा लागु औषधसहित दुईजना पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, साउन १, २०७८



  • दाङ । दाङको अमिलिया चोकबाट लागुऔषध (खैरो हिरोइन)सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    ठूलो मात्रामा लागु औषध लिएर बाँकेबाट दाङतिर बिक्रि वितरण गर्नको लागि आइरहेको भन्ने गोप्य सूचनाका आधारमा बिहीबार बेलुका इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका वडा नं. १ बस्ने वर्ष ३० का राजु भन्ने नोर महमद दर्जी र जानकी गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ३६ का राज योगी रहेको प्रहरीले जानकारी दिएको छ ।

    उनीहरुलाई नियन्त्रणमा लिई खोजतलासी गर्दा खैरो धुलो पदार्थ ११० ग्राम फेला परेको हो । साथै पक्राउ परेका राजु योगी यसभन्दा पहिले पनि लागु औषधको मुद्दामा ६ वर्ष कैद सजाय भुक्तान गरिसकेको । नोर महमद दर्जी चोरीको कसुरमा २ वर्ष कैद सजाय भुक्तान गरिसकेको दाङ प्रहरीले बताएको छ ।

    उनीहरुलाई शुक्रबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij