प्रकाशित मिति : शुक्रबार, साउन १, २०७८
सागर ओली,दाङ। दाङ जिल्लाको उत्तरी भेग पहाडी भु भाग ओगटेको बस्तीमा रहेकोे बगंलाचुली गाउँपालिकाले त्यस क्षेत्रलाई पर्यटकिय स्थल बनाउनका लागि नयाँ कामको थालनी गरेको छ। गाउँपालिकाले अन्य स्थानीय तहसंग सहकार्य गर्दै कामको थालनी गरेको हो।

बंगलाचुली ठुली लेक पर्यटकीय प्रबर्द्धन आयोजनालाई ब्यबस्थीत र प्रभाबकारी बनाउनका लागि प्युठान जिल्लाको माण्डबी गाउँ पालिकासंग सहकार्य गरिएको हो। दुईवटा पालिका स्तरको संयुक्त समिति गठन गरिएको छ।

त्यसैगरी आयोजनाको पहिचान र लगानीको समिक्षा समेत गरिएको थियो । त्यो पर्यटकीय स्थलमा अहिलेसम्म बगंलाचुली गाउँपालिकाले २ करोड ५० लाख र माण्डबि गाउँपालिकाले ५७ लाख लगानी लगाएको छ।
अब दुबै गाउँपालिकाबाट ५/५ करोड लगानी लगाएर उत्कृष्ट पर्यटकीय स्थल बनाउने सहमति भएको छ।
यो सहमतिमा बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्त बहादुर ओली र माण्डबि गाउँ पालिकाका अध्यक्ष श्रीधर रोकाले हस्ताक्षर गरी आउँदा दिनहरुमा सहकार्य गरेर यो ठाउँलाई उत्कृष्ट पर्यटकीय स्थल बनाउने सहमति भएको बगंलाचुलीका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले जलजला खबरलाई जानकारी दिनुभयो।




© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij