आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

  • प्रकाशित मिति : शुक्रबार, साउन १, २०७८



  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप अभियानका लागि खोप केन्द्र बढाउन निर्देशन दिनुभएको छ ।

    खोप केन्द्रहरू कम हुँदा भिडभाड बढेको गुनासोपछि प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई बोलाएर खोप केन्द्र बढाउन निर्देशन दिनुभएको हो ।

    प्रधानमन्त्री देउवाको सचिवालयले दिएको जानकारीअनुसार खोप केन्द्रमा धेरै लामो लाइन देखिएकोले आवश्यकताअनुसार खोप केन्द्र थप गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै कोरोनाविरूद्ध खोप लगाउन पनि प्रधानमन्त्री देउवाको आग्रह छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij