आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बाँकेको नरैनापुर औद्योगिक ग्रामको डिपिआर तयार: ४७ करोडको लागतमा निर्माण गरिने

  • प्रकाशित मिति : शुक्रबार, साउन १, २०७८



  • बाँके। बाँकेको सबैभन्दा पिछडिएको मानिने नरैनापुर गाउँपालिकामा निर्माण गरिने ‘नरैनापुर औद्योगिक ग्रामको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार पारिएको छ ।

    नरैनापुर ४ खोदवामा करिब ४७ करोडको लागतमा ३७ विघा क्षेत्रफलमा औद्योगिक ग्राम निर्माण गर्नका लागि एरिकम ईन्जिनियरिंग सर्विस ललितपुरले डीपीआर तयार पारेर बुझाएको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताउँनुभयो।

    सरकारले देशभरिका सबै स्थानीय तहहरुमा औद्योगिक ग्राम बनाउने कार्यक्रम अन्तर्गत बाँकेको खजुरा र नरैनापुर गाउँपालिकामा औद्योगिक ग्राम निर्माण गर्ने निर्णय गरेको थियो । खजुरामा औद्योगिक ग्रामको निर्माण प्रक्रिया अगाडी बढी सकेको छ भने नरैनापुरको डीपीआर तयार गरेर बुझाईएको छ ।

    ४६ करोड ७९ लाख ९८ हजारको लागतमा ३७ विघा क्षेत्रफलको औद्योगिक ग्राम भित्र विभिन्न भौतिक पूर्वाधारहरु निर्माण गर्नेगरि डीपीआर तयार गरिएको एरिकम ईन्जिनियरिंग सर्विसका प्रबन्ध निर्देशक मन्दिप कुमार ठाकुरले बताउँनुभयो।

    उहाँले सो औद्यौगिक ग्राम भित्र पहिलो चरणमा प्रशासनिक भवन, हेल्थ पोष्ट, गार्ड रुम, पार्क, बाटोहरु, खानेपानी, विद्युतीकरण लगायतका कामहरु गरिने बताउनु भयो । सो औद्योगिक ग्राममा ठुला, मझौला तथा साना गरेर १५० उद्योगहरु सञ्चालन गरिने पनि प्रबन्ध निर्देशक ठाकुरले बताउँनुभयो।

    स्थानीय सिप, कच्चा पदार्थको प्रयोग गरी सञ्चालन हुने उद्योगलाई प्रोत्साहन गर्नका लागि औद्योगिक ग्रामको निर्माण गर्न लागिएको नरैनापुर गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत दल बहादुर बस्नेतले बताउँनुभयो।

    उहाँले डिपीआर बमोजिम बजेट आउन थाल्ने वित्तिकै निर्माणका कामहरु तिव्र गतिमा शुरु गराइने पनि बताउँनुभयो।
    औद्योगिक ग्राम निर्माणका लागि व्यवस्थापन गरिएको ३७ विघा जग्गालाई तारवार गर्ने तथा चौकिदार बस्ने घर बनाउने काम सबैभन्दा पहिले गरिने कार्यकारी प्रमुख बस्नेतले बताउँनुभयो।

    नरैनापुर गाउँपालिकामा सडक र विद्युत विस्तार भैसकेको र नेपालगञ्जबाट धेरै टाढा पनि नरहेकोले सो औद्योगिक ग्रामले लगानीकर्तालाई ठुलो संख्यामा आर्कषित गर्ने बिश्वास गरिएको नेपालगञ्ज उद्योग वाणिज्य संघले जनाएको छ ।

    संघका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले बाँकेको नौबस्तामा औद्योगिक क्षेत्र, खजुरा र नरैनापुरमा औद्योगिक ग्राम निर्माण भएमा यो जिल्ला पश्चिम नेपालकै प्रमख आर्थिक केन्द्र बन्ने बताउनुभयो

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij