आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

आधुनिक युगका कुम्भकर्ण जो वर्षमा ३०० दिन सुत्छन्,

  • प्रकाशित मिति : शनिबार, साउन २, २०७८



  • काठमाडौं। हामीले रामायणमा लंकापति रावणका भाइ कुम्भकर्णको बारेमा सुनेका छौं । उनी निकै पराक्रमी थिए तर उनको एउटै समस्या थियो उनी लामो समयसम्म सुत्थे । अहिलेको समयमा पनि यस्तै एक व्यक्ति भेटिएका छन् । यी व्यक्ति एक वर्षमा ३०० दिनको समय सुतेरै बिताउँछन् । यस क्रममा उनलाई खाना खुवाउने, नुहाउने, शौचालय जाने काम सबै निद्रामै गर्नुपर्छ । भारतको राजस्थान राज्यको नागौर जिल्लामा पर्बतसर उपखण्डको भादवा गाउँका ४२ वर्षका पुरखाराम निकै दुर्लभ स्वास्थ्य समस्याबाट ग्रसित छन् जसका कारण उनी निदाइरहन्छन् ।

    पुरखारामलाई एक्सिस हाइपरसोम्निया नामको दुर्लभ रोग छ । उनको परिवारका अनुसार एक पटक सुतेपछि उनी लगभग २० देखि २५ दिनसम्म बिउँझिँदैनन् । उनलाई यो रोगको सुरुवात २३ वर्ष पहिले भएको थियो । सुरुवाती दिनहरुमा पुरखाराम ५ दिनदेखि ७ दिनसम्म सुतिरहन्थे । परिवारले जति उठाउन प्रयास गरे पनि उठ्दैनथे । पुरखारामको निद्राबाट दिक्क भएका परिवारले उनलाई डाक्टरकहाँ पनि लिएर गएका थिए तर त्यतिबेला उनलाई के रोग लागेको हो भन्ने पत्ता लाग्नै सकेन । उनको सुत्ने समय भने बढ्दै गयो । अहिले पुरखाराम एकपटक सुतेपछि २०–२५ दिनसम्म उठ्दैनन् ।

    जी मिडियाको टिमले विशेषज्ञ डा. बी आर जांगिडसँग यसबारे सोध्दा पुरखारामलाई एक्सिस हाइपरसोम्निया नामको रोग भएको खुलासा भयो । यो रोग लागेका व्यक्ति निद्राले ग्रसित हुन्छन् । पुरखारामको गाउँमै एक किराना पसल छ । पुरखारामले जी न्युजलाई बताएअनुसार उनलाई २०१५ देखि यो रोगले धेरै ग्रस्त बनाएको छ । करिब १८–१८ घण्टा निद्रा लाग्छ र कहिलेकाहीँ त एक पटक सुतेपछि २०–२५ दिनसम्म निदाइरहन्छन् । पुरखारामका अनुसार उनको पसलमा अखबार पनि आउँछ । जब उनले २०–२५ दिनपछि पसल खोल्छन् त्यतिबेला अखबारको मुठो भइसक्छ । उनले ती अखबार गनेर आफू कति दिनसम्म सुतिरहें भन्ने थाहा पाउँछन् ।

    भगवानले यस्तै समस्या दिएकोले अब आफूले भाग्नै पर्ने उनी बताउँछन् । उनका अनुसार उनी भोकै रहेको अवस्थामा भने निद्रा लाग्दैन । उनलाई निकै लामो समयको लागि निद्रा लाग्दैछ भन्नै पहिल्यै महसुस पनि हुन्छ । उनलाई लामो निद्रा सुरु हुनुभन्दा १ दिन अगाडिदेखि नै टाउको दुख्न थाल्छ । पुरखाराम निदाएपछि उनलाई उठाउन असम्भव जस्तै हुन्छ । परिवारले उनलाई निद्रामै खाना खुवाउँछन्, निद्रामै नुहाइदिन्छन् । शौच आए निद्रामै बेचैन हुन्छन् । त्यसपछिउनलाई ट्वाइलेट सिटमा बसालेर समाएर बस्नुपर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij