आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

नेपालमा किनिएका मोवाइल सेट बन्द हुँदैनन्, हराएमा खाेज्न सजिलाे

  • प्रकाशित मिति : शनिबार, साउन २, २०७८



  • काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले साउन १ गतेबाट विदेशबाट अवैध रुपमा ल्याइएका मोवाइल सेट चलाउन नमिल्ने नियम लागू गरेको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू भएपछि कुन मोबाइल सेट वैध र कुन अवैध भन्ने छुट्याउन सकिने र अवैध मोवाइल सञ्चलन बन्द हुने प्राधिकरणले जनाएको छ ।यो प्रणाली तथ्याङ्कका लागि प्रयोग गरिने प्रणाली हो । यसमा राखिएको मोबाइल तथ्याङ्कले कुन मोबाइल वैध र कुन अवैध भन्ने छुट्याउने छ । प्राधिकरणका अनुसार हरेक मोबाइल डिभाइसमा हुने इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बरका आधारमा मोबाइल वैध–अवैध भन्ने छुट्याइन्छ ।मोवाइल डिभाइस मनेजमेन्ट सिस्टम शुक्रबारदेखि शुरु भए पनि यस अघि आईएमईआई दर्ता नभएका मोबाइल सेट भने तत्काल बन्द नहुने प्राधिकरणले जनाएको छ । यो प्रणाली लागू भए पनि नेपालमा चलिरहेका कुनै पनि मोबाइल बन्द नहुने तर नेपालबाहिर किनिएका वा उपहार पाएका मोबाइल दर्ता गराउन निश्चित समय दिनेछ । उक्त अवधिमा पनि दर्ता नभएका मोबाइललाई वर्गीकरण गरी प्रयोगकर्तालाई चेतावनी दिने वा बन्द गर्ने काम गरिने जनाइएको छ ।

    कुनै फोन विदेशबाट किनेर वा उपहारका रूपमा आएको छ भने त्यस्तो मोबाइलको मात्रै आईएमईआई नम्बर दर्ता गर्नुपर्छ । यो प्रणाली लागू भएपछि नेपालमा वैधानिक रूपमा बिक्री भएका मोबाइललाई वैधको सूचीमा राखेर अन्य मोबाइल डिभाइसको वर्गीकरण थालिनेछ । प्राधिकरणको वेबसाइटबाटै आईएमईआई नम्बर दर्ता गर्न सकिन्छ । यसका लागि प्रयोगकर्ताले आफ्नो मोबाइलको आईएमईआई नम्बरसहित एउटा सरकारी परिचयपत्र पनि अपलोड गर्नुपर्छ । यसबाहेक आफ्नो माोबाइलको आईएमईआई नम्बर दर्ता छ कि छैन भनेर जाँच्ने सुविधा पनि त्यहीँ हुनेछ ।

     गाेरखापत्र

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij