आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आगलागीका घाइतेको उपचारका क्रममा मृत्यु

  • प्रकाशित मिति : शनिबार, साउन २, २०७८



  • KnfO kmofS6«Ldf cfunfuL algofgL, !( dªl;/ M emfkfsf] latf{df]8–@ r}t'af/Ll:yt gd:t] KnfO kmofS6«Ldf z'qmaf/ laxfg ePsf] cfunfuL . cfuf] bds, eb|k'/ / latf{df]8sf] af?0f oGq tyf ;'/IffsdL{ / :yfgLojf;Lsf] ;xof]udf lgoGq0fdf lnOPsf] 5 . t:jL/ M ;Gtf]if zdf{÷ /f;;

    पाँचथर। आगलागीमा परी घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका फिदिम नगरपालिका–४ जोरसालका ४९ वर्षीय दीननाथ सापकोटाको गएराति मृत्यु भएको परिवारजनले जनाएका छन्।

    बाबुको काजकिरियामा बसेका सापकोटा गत जेठ २४ गते राती आगलागी हुँदा घाइते भएका थिए। परिवारका अनुसार उनको उपचारका क्रममा झापाको मेची प्रादेशिक अस्पतालमा सापकोटाको गएराति मृत्यु भएको हो । आगलािगमा परी घाइते भएकी उनकी आमा ७२ वर्षीया चनमाया सापकोटाको भने गत जेठ २६ गते मृत्यु भएको थियो। दीननाथका बाबु भगीरथ सापकोटाको जेठ २४ गते मृत्यु भएको थियो।

    भगीरथको मृत्युपछि काजकिरियाको सुरुआत गरेकै दिन राति आगलागी हुँदा किरियामा बसेका तीन जना घाइते भएका थिए। घाइतेमध्ये मृतक दीननाथका भाई मदन भने निको भइसकेको बताइएको छ । आगलागीमा घाइते तीनै जनालाई उपचारका लागि मेची प्रादेशिक अस्पताल लगिएको थियो । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij