प्रकाशित मिति : शनिबार, साउन २, २०७८
काठमाडौं। नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्न पार्टीको अनुशासन समितिलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकमा घिमिरेमाथि शुक्रबार भएको आक्रमणको विषयमा छलफल भएपछि सभापतिले कारबाहीको निर्देशन दिएको पार्टी कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पार्टीको क्रियाशील सदस्यता छानबिन समितिका सदस्य रहेका घिमिरेमाथि शुक्रबार छानबनि समितिको काम चलिरहेकै बेला काँग्रेसकै नेताहरुको संलग्नतामा आक्रमण भएको थियो।
सो विषयमा पदाधिकारी बैठकमा छलफल भएको हो। छलफलपछि आक्रमणका सम्बन्धमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत समेतका ब्यक्तिहरुसँग २४ घण्टा भित्र स्पष्टीकरण लिई पार्टी विधान बमोजिम ३ दिनभित्र कार्वाहीको टुंगो लगाउन पार्टी अनुशासन समितिलाई सभापतिले निर्देशन दिएको पौडेलले जानकारी दिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij