आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

गठबन्धन सरकारका चुनौती र अवसरहरु

  • प्रकाशित मिति : आइतवार, साउन ३, २०७८



  • भीम ब वली

    नेपाली तानाशाह आज लामो समयको निरन्तर शान्तीपूर्ण संघर्षपछी परास्त भएका छन । यसै गरि संसारभर कतीपए शासकहरुलाई फाल्न बल प्रयोगको विधी प्रयोगमा छन । यसै गरी नेपालमा नोकरसाही दलाल पुँजीवादी संयन्त्रलाई परास्त गर्ने र समाजवादी संयन्त्र स्थापनाका लागी सहज वातावरण बनेको छ। जसका लागी वृहत दृष्टिकोण र एकरुप बुझाईको खाँचो नेपाली राजनितीमा आवश्यकता छ । एकताबद्ध भएर जानलाई कुनैपनि आग्रह र पूर्वाग्रह हुनु नहुने कुरो सहित देश तथा जनताहरूप्रती उत्तरदायित्व बहन गर्नुमा हाम्रो सचेतना जरुरी देखिन्छ ।

    पहीलो कुरा हामीले निर्माण गरेको संविधान अनुसार चल्दा हाम्रो सापेक्षताको समाजवाद निर्माण गर्न सक्छौ र देशमा सान्ति र अमनचयन स्थापना गर्न सकीनेछ । राष्ट्रिय एकताले आर्थिक समृद्धिको ढोका खोल्न मद्दत गर्ने मात्र नभएर नयाँ समाजवादी उत्पादन सम्बन्धको बिकास गर्ने छ ।

    दोश्रो कुरा संघीएता आम जनताका लागी एकताको संवाहक हो जसलाई आज विकृत रुपमा परिभाषित गर्दै नोकरसाही दलालहरूको पाउमोल्दै छन उनीहरूलाई जनताहरूबाट अलगअलग गर्न पर्ने छ। जसका लागि सामाजिक अध्यन मात्रले पुग्दैन ! राजनैतिक, आर्थिक र दार्शनिक नेपाली सापेक्षतामा अनुसन्धान गरिनु आवश्यक देखिन्छ।

    तेश्रो नेपाल कृषी प्रधान देश भएकोले खाद्यान्न उत्पादन,फलफुल र पशुधनका लागि राज्यले यान्त्रिकरण,प्राविधिक र सहुलियतको ग्यारेन्टी गरिनु पर्छ। दलालहरूले सुविधा पाउने तर वास्तविक किसानहरु सधै अन्यायमा पर्ने परिपाटीको अन्त्य गरिनु पर्छ जसका लागी किसानहरुको एकताबद्ध संघर्षको आवशयकता पर्दछ।

    सारमा नेपालको पानीलाई उर्जामा बदल्नु, मझौलाखालका राष्ट्रिय उत्पादनमा आधारीत उद्योगहरु संचालनमा ल्याउनु, पर्यटन, वनपैदावारलाई जनहित र आर्थिक समृदीका लागि व्यवस्थापन गर्नु आदी विषयहरूले राज्य तथा सरकारलाई जनतामा लोकप्रिय वनाउन मद्दत गर्ने छ । यदि यो कार्य गर्न नसकेमा सो अनुकूल राज्य स्थापनाका लागी संघर्षरत रहनु नेपाली मौलिक विषेशता प्रयोगमा आईरहने छ।

    समाजको बिकास प्रकृयामा सासकहरु सत्तामा अग्रगामी आय समाजले गती लिन सक्छ भने प्रतिगामी आय विनास निम्त्याउने गर्छ। त्यसैको परिणाम स्वरुप समाजमा संघर्ष चल्यो र आज नेपालमा केपी जस्तो नालायक शासक भरौटेहरूका साथ बालकोट पुगेका छन । संयुक्त गठबन्धन सरकारमा विराजमान भयको छ जसका लागी चुनौतीहरू आगामी दिनहरुका लागी केपीलाई भन्दा दशगुणा वढी यो सरकारलाई छ।

    आज दलालहरूको भरौटे केपी सडकमा झरेपछी सजिलो किन छैन भन्दा पहीलो कुरा विरोधको सामना गर्नु पर्ने छ, दोश्रो राम्रो काम गरेर देखाउनु छ। यसैमा गठबन्धन सरकारको जिवन अगाडी बढ्ने छ । जिवनशिल पक्षको अनुसरण गरे वाँकी समय र आगामी चुनावबाट विजय हासिल गरी समाजवादको यात्रा अगाडी वढछ तर मरणसिल पक्षको बाटो लागे केपीको भन्दा झनै विकृत तरिकाबाट अवसान हुनेछ। आसा गरौ आज सम्मको शिक्षा सहित गठवन्धन सरकार शान्ति,समृद्धि र समाजवादी यात्रामा अगाडी बढन सफल हुनेछ ।

    (लेखक भीम ब वली नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य हुन)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij