आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बाढीग्रस्त मेलम्ची संरक्षण र पुनर्स्थापनामा स्थानीय सरकार मौन भएको निष्कर्ष

  • प्रकाशित मिति : मङ्लबार, साउन ५, २०७८



  • सिन्धुपाल्चोक । बाढीग्रस्त मेलम्ची संरक्षण र पुर्नस्थापनामा स्थानीय सरकार मौन भएको पूर्व बिध्यार्थीहरूले निष्कर्ष निकालेका छन । साथै उनीहरूले मेलम्ची संरक्षण र पुनर्स्थापनामा सहयोग समेत गर्ने भएका छन ।

    बाढी गएको महिनौ भईसक्दा पनि स्थानीय सरकारको मौनता भएको र मौनताले सिमा नाँघेको उननीहरूले निचोड निकालेका छन ।

    ईन्द्रेस्वरी उच्च मावि मेलम्चीको २०४९ सालको एसएलसी ब्याचले उक्त निचोड निकालेको हो । साथै ईन्द्रेस्वरी उच्च मावि मेलम्चीको २०४९ ब्याचले बाढीग्रस्त मेलम्चीलाई संरक्षण र पुनर्स्थापनामा अहोरात्र काम गरिरहेको सामुहिक प्रयासलाई सहयोग गर्ने प्रतिबद्वता समेत ब्यक्त गरेको छ ।

    श्रावण ९ गते मेलम्ची गएर उनीहरूले सहयोग गर्ने योजना बनाएका छन् । मेलम्चीलाई पहिलेकै अवस्थामा फर्काउन कार्यक्रमलाई कसरी प्रभाबकारी बनाउने भन्ने सन्दर्भमा काठमाडौमा पूर्ब विद्यार्थीहरू बीच छलफल भएको छ ।

    छोटो समयमै आकस्मिक रुपमा तय भयको भेटघाट र प्रतिनिधिमुलक उपस्थितिले गरेको निर्णय र सहयोगको प्रतिबद्धताले थप उर्जा प्राप्त भएको र एउटा सकारात्मक प्रयासको शुरू भएको पुर्व बिधार्थी सागर श्रेष्ठले बताउनुभयो ।

    मेलम्ची तहसनहस हुँदा मेलम्चीमा धेरै प्रभाव परेको पूर्व बिधार्थी सरस्वती गिरिले बताउनुभयो । बाढीले बचाएको घरहरू जोगाउनको लागि पटक पटक मेलम्ची नगरपालिका लाई आग्रह गर्दा पनि नगरले बेवास्ता गरेको स्थानीयले पनि गुनासो गर्दै आएका छन्। स्थानीय सरकारले बेवास्ता गरेपछि आफ्नो बस्ती आफै जोगाउन लागि परेको सागर श्रेष्ठले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij