आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेस महाधिवेशनमा भौतिक उपस्थित हुन नसके ‘डिजिटल भोटिङ’ गर्ने निर्णय

  • प्रकाशित मिति : मङ्लबार, साउन ५, २०७८



  • काठमाडौं। नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशनमा भौतिक उपस्थित नभए ‘डिजिटल भोटिङ’ गर्ने निर्णय गरेको छ ।
    नेपाली कांग्रेसले पार्टीको आगामी १४औं महाधिवेशमा कोरोनाका कारण भौतिक उपस्थित हुन सक्ने अवस्था नभए ‘डिजिटल भोटिङ’ गर्ने निर्णय गरेको छ ।

    नेपाली कांग्रेसले मंगलबार एक विज्ञप्ती जारी गर्दै ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रुप दिइसकिएको जनाएको हो ।

    ‘कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बाबजुद विभागले ‘डिजिटल भोटिङ’को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको छ’ विज्ञप्तिमा भनिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij