आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

आलु चिप्सकाे प्याकेटमा अक्सिजन भर्दा करोडौंको नोक्सानी, ग्यास कम्पनीलाई कारबाहीको माग

  • प्रकाशित मिति : बुधबार, साउन ६, २०७८



  • काठमाडौं । श्री बिआईटी उद्योगले ललितपुरस्थित सोपान फर्मास्यूटिकल लिमिटेडलाई कारबाहीको माग गरेको छ ।

    नाईट्रोजन ग्यास भनेर अक्सिजन ग्यास बिक्री गरेको र त्यसले उत्पादित खाद्यवस्तु बिगारेको भन्दै बिआईटी उद्योगले कारबाहीको माग गरेको हो । नाइट्रोजन ग्याँस भनेर अक्सिजन ग्यास बिक्री गरी आफूहरूले उत्पादन गरेका करोडौं रुपैयाँ मूल्य बराबरको एनडिएच ब्राण्ड आलु चिप्स र क्रन्जी ड्यामेज भएको आरोप लगाउँदै उद्योगले सोपान फर्मास्युटिकलाई कारबाहीको माग गरेको हो ।

    आलु चिप्स, क्रन्ची र कुरकुरेको प्याकिङ गर्दा नाइट्रोजन ग्यास भरिने गरिन्छ । जसले यस्ता खाद्यवस्तुलाई लामो समयसम्म ताजा राख्न मद्दत गर्छ । तर अक्सिजन ग्यास भर्दा यस्ता खाद्यवस्तु ओसिने गरेको उद्योगको भनाइ छ ।

    उद्योगी कमल सिंहले सोपानले आफूहरूमाथि ठगि गरेको तथा जनताको स्वास्थ्यमाथि खेलवाड गरेको उल्लेख गर्दै छानबिन गरी कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले मानव जीवनको स्वास्थ्य माथि खेलवाड गर्ने कम्पनीलाई कारबाही नभए आमरण अनसन बस्ने चेतावनी समेत दिनुभयो । दोषीमाथि कारबाही गर्न आफूहरूले सम्बन्धित निकायमा उजूरी दिए पनि सुनुवाइ नभएको उहाँको गुनासो छ ।

    उद्योगी सिंहका अनुसार आलु चिप्स बिग्रन नदिन नाइट्रोजन ग्यास राखेर प्याकिङ गरिन्छ । तर सो कम्पनीले नाइट्रोजन भनेर अक्सिजन ग्यास दिएकाले आफूले करोडौंको क्षति व्यहोर्नु परेको दावी गर्नुभयो । कम्पनीले आपूmलाई दिएको ग्यास सिलिण्डरमै अक्सिजन ग्यास सानो अक्षरमा लेखेकाले पनि सो ग्यास नाइट्रोजन नभइ अक्सिजन भएको उद्योगको दाबी छ । उद्योगी सिंहले आफूले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभागमा समेत गएर सोध्दा सो ग्यास अक्सिजन नै भएको पुष्टि भएको दावी गर्नुभयो ।

    ग्यास कम्पनी सोपानले पठाएको सिलिण्डरमा सानो अक्षरमा अक्सिजन लेखिएको उद्योगको दावी छ । उद्योगी सिंहले आफूहरूसँग प्रमाणको लागि सो सिलिण्डर सुरक्षित रहेको स्पष्ट पार्नुभयो । जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ग्यास जस्तो संवेदनशील विषयमा कम्पनी संवदेनशील नदेखिएको सो उद्योगको भनाइ छ । सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले समेत महानगरीय प्रहरी परिसरलाई अनुसन्धानका लागि पत्राचार गर्दा पनि सुनुवाइ नभएको उद्योगको गुनासो छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij