आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

डिएसपी खतिवडा बागमती प्रदेशकै उत्कृष्ट प्रहरी घोषित

  • प्रकाशित मिति : बुधबार, साउन ६, २०७८



  • जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडा बागमती प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका छन् । डिएसपी खतिवडाले सम्पादन गरेका कामको उच्च मूल्याङ्कन गर्दै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले उनलाई असार महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित गरेको हो ।

    खतिवडाले केही समय अघि बनेपामा भएको दुर्घटनाका दोषीलाई एक महिनापछि पक्राउ गर्न सफल भएका थिए । दुर्घटनाका दोषी रामेछाप उमाकुण्ड गाउँपालिका–१ का ४५ वर्षीय दोर्जे शेर्पालाई ना ४ च ४०६९ नम्बर माज्दा गाडीसहित खतिवडाले पक्राउ गरेका थिए ।

    पाँचखाल नगरपालिका–६ बस्ने माधव घिमिरेले आफ्नी श्रीमती तथा ६ वर्षका छोराको हत्या गरी फरार भएको घटनाको अनुसन्धानमा समेत खतिवडा सफल भएका थिए । साथै कोरोना महामारी संक्रमणको अवस्थामा विभिन्न सरोकारवालासँग समन्वय गरी अक्सिजन उपलब्ध गराउन लागेको, स्वास्थ्य सामग्री व्यवस्थापनलगायत प्रहरी परिचालनमा प्रभावकारी भूमिका निर्वाह गरेको र विभिन्न मुद्दाका ११ फरार प्रतिवादीलाई असारमा पक्राउ गरी अदालतमा पेश गर्न सफल भएको भन्दै उनलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सम्मान गरेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij