आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बालुवाटारमा देउवा र विप्लवबीच भेटवार्ता

  • प्रकाशित मिति : बुधबार, साउन ६, २०७८



  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्यूनिष्ट पार्टीक (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता जारी छ ।

    भेटमा सरकारकातर्फबाट प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाँण सहभागी छन् भने नेकपाबाट विप्लवसहित नेताहरु खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोला सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा प्रधानमन्त्रीसँग छलफल भइरहेको बताइएको छ । विप्लवसहितका नेताहरुले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलगायतसँग भेटर्वाता गरेका थिए ।

    ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमतिपछि विप्लव नेतृत्वको नेकपा शान्तिप्रक्रियामा आएको थियो । सरकारसँगको सहमतिपछि पनि आफ्ना नेता कार्यकर्ता जेलमै रहेको भन्दै विप्लवले असन्तुष्टि जनाउँदै आएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij