आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ट्राफिक भवनको शिलान्यास

  • प्रकाशित मिति : शनिबार, साउन ९, २०७८



  • काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी प्रभाग बल्खुको भवन शिलान्यास गरिएको छ । काठमाडौँ महानगरपालिका–१४ बल्खु हाइटमा रु ३५ लाख लागतमा निर्माण गरिन लागेको भवनको आज महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले शिलान्यास गरे ।

    कार्यक्रममा महाशाखाका प्रमुख भट्टराईले नागरिकको साथ सहयोग र मायाले नै ट्राफिक प्रहरी अगाडि बढ्ने बताए । “समाजमा प्रहरीले गरेको योगदान र माया स्वरूप हामीले नयाँ भवन प्राप्त गर्दैछौँ, समाजप्रति झन् उत्तरदायी र सशक्त रूपमा अगाडि बढ्न र नागरिकले गरेको माया सद्भावनाले ठूलो उत्प्रेरित गरेको छ”, उनले भने ।

    सडक दुर्घटना न्यूनीकरणदेखि सामाजिक अपराध न्यूनीकरणमा नागरिक प्रहरीको सहकार्य उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ थियो । ट्राफिक प्रहरीको कामकाज सहज बनाउनका लागि कुमारी क्लबको संयोजनमा र स्थानीयवासीको सहयोगमा उक्त भवन निर्माण गर्न लागिएको हो ।

    महाशाखा प्रमुख भट्टराईले उपत्यकाको ट्राफिक व्यवस्थापन विगतको भन्दा धेरै कुरामा सहज भएको उल्लेख गरे । भवन निर्माण समितिका अध्यक्ष मोहनकुमार बस्नेतले समाज प्रहरी दुवैको सहकार्यबाट समाजमा शान्तिसुरक्षा कायम हुने बताए । “जहाँ प्रहरी हुन्छ, त्यहाँ शान्ति सुरक्षा हुन्छ”, उनले भने ।

    कार्यक्रममा वडा नं १४ का सदस्य एवं कार्यपालिका सदस्य रश्मी खड्का, महानगरीय प्रहरीवृत्त कालिमाटीका प्रमुख अपिलराज बोहोरा, स्थानीय समाजसेवी दिपेन्द्र केसी, महानगरीय ट्राफिक प्रहरीवृत्त कलङ्कीका प्रमुख शङ्खर खड्कालगायतको उपस्थिति थियो । उक्त भवन एक भान्साकोठासहित चारकोठे हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij