मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

विश्वमा कोरोना : संक्रमितको संख्या २० करोड नाघ्यो, १८ करोड निको भए

  • प्रकाशित मिति : बुधबार, साउन २०, २०७८



  • काठमाडौं । विश्वभरमा कोरोनाबाट संक्रमित हुनेको संख्या २० करोड पुगेको छ। पछिल्लो तथ्याङ्क अनुसार हालसम्म कोरोनाका २० करोड दुई लाख ३१ हजार तीन सय २९ जना संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा थपिएका ६ लाख ११ हजार ६ सय २७ जनासँगै संक्रमितको संख्याले २० करोड नाघेको हो।

    संक्रमित मध्ये १८ करोड निको भएका छन्। हालसम्म १८ करोड ५ लाख ८ सय ३ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा निको भएका ४ लाख ५९ हजार ९ सय ४२ निको भएका हुन्।

    यस्तै ४२ लाख ५८ हजार तीन सय तीन जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा ९ हजार सात सय ८९ जनाको कोरोनाका कारण मृत्यु भएको छ। सबै भन्दा बढी इण्डोनेसियामा एक हजार पाँच सय ९८ जनाको मृत्यु भएको छ।

    गत २४ घण्टामा सबै भन्दा बढी अमेरिकामा १ लाख चार हजार तीन सय ४२ जना संक्रमित थपिएका छन्। केही समय कम भएको अमेरिकामा पुनः संक्रमितको संख्या थपिन थालिएको हो। दुई दिनदेखि ७६ हजार बढी संक्रमित थपिएका थिए।

    यस्तै, भारतमा पनि पछिल्लो २४ घण्टामा ४२ हजा पाँच सय ६६ जना कोरोनाका संक्रमितहरु थपिएका छन्। पछिल्लो केही दिन यता भारतमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। कोरोनाको तेस्रो लहरको हल्ला चलिरहेका बेला भारतमा कोरोना संक्रमितको संख्या थपिन थालिएको हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij