आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, साउन २९, २०७८



  • काठमाडौं । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले बैंकिङ कसुरमा दोषी ठह¥याइएका फरार एक व्यक्तिलाई आज पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने ४८ वर्षीया प्रेमकुमारी खड्गी रहेका छन् । उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलार्ई झुक्यानमा पारी चेक दिएकामा अदालतले बैंकिङ कसुर गरेको ठहर गरेको थियो ।

    बैंकिङ कसुरजन्य अपराध गरेको उच्च अदालत पाटनको २०७६ साल जेठ २१ को फैसलाले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम पाँच दिन कैद र रु बीस लाख जरिवाना हुने ठहर गरेकामा उनी फरार हुँदै आएकी थिइन् ।

    फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले उनलाई आज काठमाडौँको सोहृखुट्टेबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेस गरेको प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij