आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काठमाडौं महानगरमा ७५ हजार बढीमा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : बुधबार, भदौ २, २०७८



  • काठमाडौं। काठमाडौं महानगरपालिका भित्र हालसम्म ७५ हजार छ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। महानगरपालिकाका अनुसार ३२ वटै वडामा गरी हालसम्म ५ सय २१ जनाले ज्यान गुमाएका छन्।

    यस्तै, ७० हजार नौ सय ७५ जनाले कोरोना महामारी जितेका छन् भने अझै पनि तीन हजार नौं सय ६८ जना होम आइसोलेसनमा रहेका छन्। अस्पतालको आइसोलेसनमा एक सय ४३ जना, संस्थागत आइसोलेसनमा ५२ जना रहेका छन् भने चार हजार एक सय ६३ जना सक्रिय संक्रमित रहेको महानगरपालिकाले जनाएको छ।

    हालसम्म ८८ हजार नौ सय एक जनामा कन्ट्राक्ट ट्रेसिङ गरिएको छ भने ५५ हजार आठ जनामा कोरोनाको पिसीआर परीक्षण गरिएको छ। यस्तै १३ हजार चार सय २४ जनामा कोरोना पुष्टि भएको छ।

    सबै भन्दा बढी वडा नं. ३२ मा सात हजार पाँच सय ६४ जनामा कोरोना पुष्टि भएको छ भने दोस्रोमा वडा न.ं१६ रहेको छ। वडा नं. १६ मा सात हजार तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, सबै भन्दा कम वडा नं. १८ मा दुई सय ८७ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij