आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

म्याग्दीमा केराखेतीमा रोगको प्रकोप देखिन थाल्यो

  • प्रकाशित मिति : बुधबार, भदौ २, २०७८



  • म्याग्दी । म्याग्दीमा व्यवसायिक रुपमा लगाइएको केरा खेतीमा रोगको प्रकोप देखिन थालेको छ । बेनी नगरपालिका सहित खबरा, बगरफाँट, मंगला र मालिका गाउँपालिकाको केरा खेतीमा प्रकोप देखिएको हो ।

    केरामा डढुवा, गबारो र खपटे घुन नामक किरा देखिएको छ भने रोगको औषधी नपाएको गुनासो कृषकले गरेका छन् । रोगले केराको बोट सुक्ने, पहेँलो हुने, बोट ढल्ने भएपछि किसान संकटमा परेका छन् ।

    सुरुमा सामान्य जस्तो लागेपनि अहिले सयौं रोपनीको केरा खेतीमा ठूलो क्षति पु¥याएको किसानले बताएका छन् । म्याग्दीमा नङ्ग्रे, मालुङ्गे, धुर्से जस्ता केराको उत्पादन हुने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij