प्रकाशित मिति : आइतवार, भदौ ६, २०७८
काठमाडौँ — काठमाडौंमा मात्रै कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजारभन्दा बढी रहेको छ । काठमाडौंमा हाल सक्रिय संक्रमितको संख्या सात हजार ४२०, भक्तपुरमा एक हजार ४०० र ललितपुरमा दुई हजार २१८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा ५६६ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३९५, ललितपुरमा ११० र भक्तपुरमा ६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij