आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुख्खा बन्दरगाह भित्र ट्रकको ठक्करबाट एक जनाको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, भदौ ८, २०७८



  • वीरगन्ज । सुख्खा बन्दरगाहमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो सुख्खा बन्दरगाह भित्र ट्रकले ठक्कर दिँदा ५० वर्षीय क्लियरिगं एजेन्ट विनोद अग्रवाल तोदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सुख्खा बन्दरगाहको कन्टेनर यार्डमा मोटरसाइकलमा उभिरहेका तोदीलाई ना ४ ख ८०३ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका तोदीको उपचारको क्रममा नारायणी बयोदा अस्पतालमा मृत्यु भएको हो ।

    ठक्कर दिएको ट्रक प्रहरी नियन्त्रणमा रहे पनि चालक फरार भएकाले खोजी तीव्र बनाइएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij