मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

विश्वमा काेराेना : अमेरिकामा पुनः बढ्न थाल्याे संक्रमण,

  • प्रकाशित मिति : शुक्रबार, भदौ ११, २०७८



  • काठमाडौं । अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या पुनः बढ्न थालेको छ। गत २४ घण्टामा अमेरिकामा एक लाख ६५ हजार पाँच सय ५४ जना कोरोनाका संक्रमित थपिएका छन्। हिजोको २४ घण्टामा एक लाख ७८ हजार बढी थपिएका थिए भने २ दिन पहिला १ लाख ५६ हजार बढी संक्रमित थपिएका थिए।

    अमेरिकासहित विश्वभरबाट गत २४ घण्टामा सात लाख छ हजार ८ सय १६ जना कोरोनाका संक्रमितहरु थपिएका छन्। अमेरिकापछि भारतमा ४४ हजार पाँच सय ५८ जना कोरोनाका विरामी थपिएका छन्।

    अमेरिकामा गत २४ घण्टामा एक हजार एक सय बढीले ज्यान गुमाए भने ४५ हजार छ सय ८८ जना निको भएर घर फर्केका छन्। यस्तै अति प्रभावित भएको भारतमा गत २४ घण्टामा चार सय ९३ जनाले ज्यान गुमाए भने ३२ हजार नौ सय २६ जना निको भएर घर फिर्ता भएका छन्।

    विश्वको तथ्याङ्क हेर्ने हो भने हालसम्म २१ करोड ५४ लाख २८ हजार एक सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ४४ लाख ८७ हजार दुई सय ८२ जनाले ज्यान गुमाएका छन् भने १९ करोड २६ लाख १४ हजार सात सय ९२ जना निको भएर घर फर्केका छन्।

    अमेरिका, भारत र ब्राजिलमा तीन करोडको संख्यामा संक्रमित फेला परेका छन्। तथ्याङ्क अनुसार अमेरिकामा तीन करोड ९३ लाख ३७ हजार छ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, भारतमा पनि तीन करोड २६ लाख दुई हजार तीन सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    तेस्रो नम्बरमा रहेको ब्राजिलमा अहिलेसम्म दुई करोड छ लाख ७६ हजार पाँच सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण पुष्टि हुने संख्याको आधारमा नेपालको स्थान ४१ औँ नम्बरमा रहेको छ। नेपालमा हालसम्म सात लाख ५४ हजार नौ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij