प्रकाशित मिति : शुक्रबार, भदौ ११, २०७८
काठमाडौं । काठमाडौंमा आज देखि तीन दिनसम्म भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदैछ । भेरोसेलको पहिलो मात्रा लगाएका ५० वर्षभन्दा माथि उमेर समूहका नागरिक , विश्व विद्यालय र विद्यालयका प्राध्यापकलगायतकालाई खोप दिइन लागेको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
त्यसैगरी, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्क सेवामा कार्यरत व्यक्ति, खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिक र यस अघि भेरोसेलको दोस्रो मात्रा लगाउन छुटेका नागरिकलाई दोस्रो मात्रा खोप लगाउन लागेको कार्यालयले जनाएको छ ।
कार्यालयकाअनुसार दोस्रो मात्रा खोप लगाउने जाने नागरिकले पहिलो मात्रा खोप लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहितको नम्बर ल्याएको आधारमा खोप दिइने छ ।
त्यस्तै, कार्यालयले भेरोसेल खोपको पहिलो मात्रा कसैलाई पनि नदिन आग्रह गर्नुका साथै केन्द्र तोक्दा सम्भव भएसम्म स्वास्थ्य संस्थामा नै तोक्न पनि कार्यालयले पालिकाहरुसँग आग्रह गरेकाे जनाएकाे छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij