आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल र बंगलादेशबीचको महिला फुटबल खेल आज

  • प्रकाशित मिति : आइतवार, भदौ २७, २०७८



  • काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज आइतबार बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ।खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।दुवै टोली अहिले महिला एसियन कप छनोटको तयारीमा छन्।

    एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो ।बिहीबार भएको पहिलो खेलमा नेपाल २–१ ले बिजयी भएको थियो।

    नेपाल र बंगलादेशस दुवै टिम एसियन कप छनोट खेल्न न्युट्रल भेन्यु उज्वेकिस्तान जाँदैछन् । त्यसअघि यही मैत्रीपूर्ण खेलमा मार्फत दुबै टिम आफूलाई सुधार्न चाहन्छ।

    छनोटमा नेपाल समूह ‘एफ’ मा छ । यस समूहमा फिलिपिन्स र हङकङ छन् । नेपालले सेप्टेम्बर १८ (असोज २) मा फिलिपिन्स र सेप्टेम्बर २१ (असोज ५) मा हङकङसँग खेल्नेछ । यस समूहको विजेता बने नेपाल अर्को वर्ष भारतमा हुने एसिया कपमा छनोट हुनेछ ।एसियन कप भने,जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij