आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रिपूर्ण महिला फुटबल बराबरीमा

  • प्रकाशित मिति : सोमवार, भदौ २८, २०७८



  • काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बराबरीमै चित्त बुझाएको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । नेपालले अहिलेसम्म बंगलादेशसँग हार खानु नपरेको भए पनि मैत्रिपूर्णमा जित निकाल्दै घरेलु मैदानमा आफ्नो शान कायम राख्न चाहन्थ्यो ।

    खेलमा दुवै टिमका खेलाडीले गोल गर्ने थुप्रै अवसर गुमाए । गत सोमबार नेपाल आएको बंगलादेशसँग नेपालले बिहीबार खेलेको पहिलो खेल २÷१ ले जितेको थियो । चार खेलाडीले डेब्यु गरेको खेलमा दुवै गोल डेब्यु खेलाडीद्धय सबिता राना र प्रीति राईले गरेका थिए ।

    नेपाल एएफसी महिला एसिया कप–२०२२ छनोटको तयारीमा रहेको छ । उज्वेकिस्तानमा असोज २ र ५ गते हुने खेलमा नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । नेपाली टिमलाई पहिलो पटक विदेशी प्रशिक्षकले प्रशिक्षण दिइरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij