आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लियोनमाथि पीएसजीको जित

  • प्रकाशित मिति : सोमवार, अशोज ४, २०७८



  • एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लियोनमाथि जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले लियोनलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

    पीएसजीलाई जित दिलाउनको लागि नेइमार र माउरो इकार्डीले समान एक-एक गोल गरे । लियोनको लागि लुकास पक्वेटाले गरेको गोल सान्त्वना बन्यो । तीनै खेल दोस्रो हाफमा सम्भव भएकाे थियो ।

    खेलको ५४ औँ मिनेटमा लुकालसले गोल गर्दै लियोनलाई अग्रता दिलाएका थिए । ६६ औं मिनेटमा पेनाल्टमार्फत नेइमारले गोल गर्दै खेल बराबरीमा ल्याए । पेनाल्टी बक्समा मालो गुट्सोले नेयमारलाई अनावश्यक च्यालेन्ज गरेपछि रेफ्रीले पीएसजीलाई पेनाल्टी दिएको थियो ।

    इन्ज्युरी समयको तेस्रो मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई पूनरागमन जित दिलाए । उनले किलियन एम्बाप्पेको पासमा गरेका थिए ।

    यो जितसँगै पीएसजले दोस्रो स्थानमा रहेको मार्सेइल्लेलाई ५ अंकले पछि पारेको छ । अहिलेसम्म ६ खेलको खेलेको पीएसजीले सबै खेल जित्दै १८ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको मार्सेलीले ५ खेलमा १३ अंक जोडेको छ । पराजित लियोन ८ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij