मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

१८ प्रतिशतले पाए कोभिडविरुद्धको पूर्ण खोप

  • प्रकाशित मिति : मङ्लबार, अशोज ५, २०७८



  • काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु भएको ८ महिनामा ५५ लाख ९० हजार बढी अर्थात् नेपालको कूल जनसंख्याको १८ दशमलव ६ प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका छन् ।

    सबै नेपालीलाई खोपको दायरामा ल्याउने लक्ष्यअनुसार सरकारले खोप कार्यक्रम सञ्चालन गर्दै आएको दाबी गरे पनि खोप प्राप्त गर्नेको संख्या सबै तिर समान नभएको सरकारी तथ्याङ्कले नै देखाउँछ । सबै भन्दा धेरै खोप बागमती प्रदेशमा लगाएका छन् भने खोप लगाउनेको संख्या कर्णाली प्रदेशमा सबै भन्दा कम रहेको छ ।

    नेपालमा हालसम्म १ करोड ५७ लाख डोज कोरोना विरुद्धको खोप भित्रिएको छ । सरकारले भेरासेल खोप मात्र १ करोड डोज खोप खरिद गरेको छ भने १८ लाख अनुदानमा प्राप्त गरेको छ । खरिद, अनुदान र गाभी कार्यक्रम अन्तर्गत कोभिशिल्ड खोप २४ लाख र एस्ट्राजेनेका १९ लाख ७५ हजार प्राप्त भइसकेको छ ।

    प्राप्त भएको ४४ लाख २३ हजार ८ सय ६० डोज खोपमध्ये ४० लाख ६५ हजार व्यक्तिले कोभिसिल्डको पूर्ण मात्रा खोप लगाएका छन् । १ लाख १३ हजार व्यक्ति अझै दोस्रो डोज पाउन सकेका छैनन् । प्रदेश १ मा हालसम्म ७ लाख ३२ हजार, प्रदेश २ मा ७ लाख, बागमतीमा १९ लाख ३६ हजार, गण्डकीमा ५ लाख ९८ हजार, लुम्बिनीमा ८ लाख ७५ हजार, कर्णालीमा २ लाख ३५ हजार र सुदूरपश्चिम प्रदेशमा ४ लाख ८५ हजार व्यक्तिले खोप लगाएका छन् ।

    नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा. लोचन कार्की संक्रमणको जोखिम कायमै रहेकाले परीक्षण र खोपलाई सबैतिर समान रूपमा विस्तार गर्नुपर्ने बताउनुहुन्छ । ‘कोभिडका जोखिम अझै कायमै छ,’ उहाँ भन्नुहुन्छ, ‘परीक्षण र खोपलाई सबैतिर समान रूपमा विस्तार गर्न सरकारी पक्षको ध्यान जानुपर्छ ।’

    १ करोड १८ लाख डोज भेरोसेल खोपमध्ये ६३ लाख २० हजार जनाले मात्र दोस्रो डोज खोप पूरा गरेका छन् । अमेरिकाले प्रदान गरेको जोसन एण्ड जोसनको अनुदानमा दिएको १५ लाख ३४ हजार डोज खोपमध्ये १४ लाख १० हजार डोज खोप प्रयोग भएको जनाइएको छ । बाँकी १ लाख डोज बढी जोनसन खोपको म्याद गुज्रिसकेको छ ।

    खोपको प्रयोग र वितरण प्रणालीमा मन्त्रालयले अनुगमन नगर्दा खोप खेर गइरहेको देखिन्छ । संक्रमितको संख्या कम भएको समयमा सरकारले जतिसक्दो छिटो धेरै व्यक्तिलाई खोपको दायरामा ल्याउन सक्ने हो भने सम्भावित तेस्रो लहरलाई रोक्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij