प्रकाशित मिति : मङ्लबार, अशोज ५, २०७८
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ६२२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ९ हजार ६२६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९९६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ७५ हजार ९५९ पुगेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij