आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

कांग्रेस अधिवेशन:तुलसीपुर नगर सभापतिमा सुरेश हमाल

  • प्रकाशित मिति : आइतवार, अशोज १०, २०७८



  • तुलसीपुर दाङ। नेपाली काँग्रेसको तुलसीपुर नगर सभापतिमा सुरेश हमाल निर्वाचित भएका छन् । हमालले प्रतिष्पर्धी अनिल कार्कीलाई १६० मत अन्तरले पराजित गरेका हुन् । हमालले ३६८ मत प्राप्त गर्दा प्रतिष्पर्धी कार्कीले २०८ मत प्राप्त गरेका छन् । एक जना उपसभापति बाहेक सबै पदमा हमाल नेतृत्वको प्यानल निर्वाचित भएको छ ।

    उपसभापतिमा हमाल प्यानलका बिनिल केसी ३५९ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै उपसभापतिमा कार्की प्यानलबाट गौरब सुबेदी २८५ मत प्राप्त गरी बिजयी भएका छन् । सुवेदी कार्की प्यानलबाट पदाधिकारी जित्ने एक्ला उम्मेदवार हुन् । त्यस्तै सचिवमा बिमल पौडेलले ३२९ मत र सुशील वलीले २७५ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै सहसचिवमा शेषमणि भण्डारीले ३५१ मत र झनकबहादुर बस्नेतले ३३० मत प्राप्त गरी निर्वाचित भएका छन् । तुलसीपुरमा ५९३ मतदाता रहेकोमा ५९१ मत खसेको थियो ।

    हमाल प्यानललाई कांग्रेस केन्द्रिय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीको समर्थन थियो । कार्की प्यानललाई पूर्व सांसद गेहेन्द्र गिरीले समर्थन गरेका थिए । दाङको क्षेत्र नम्बर ३ का ४ वटा पालिकामा सबै दीपक गिरीले समर्थन गरेका उम्मेदवारले जितेका छन् । पार्टीको समूहगत राजनीतिमा केन्द्रिय सदस्य तथा पूर्व मन्त्री गिरीले आफ्नो निर्वाचन क्षेत्रमा गहिरो प्रभाव देखाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij