आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बार्सिलोनाको लज्जास्पद हार, म्युनिखको सहज जित

  • प्रकाशित मिति : बिहिबार, अशोज १४, २०७८



  • काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिनोलानाले लज्जास्पद हार व्यहोरेको छ। बुधबार राति भएको खेलमा १० खेलाडीमा सीमित बार्सिलोना बेन्फिकासँग ३-० गोल अन्तरले पराजित भएको हो।

    बेन्फिकाको जितमा डार्विन नुनेजले २ तथा राफा सिल्भाले १ गोल गरे। बार्सिलोनाविरुद्ध बेन्फिकाले पहिलो हाफमा १ तथा दोस्रो हाफमा २ गोल थपेको थियो।

    खेल सकिन तीन मिनेट बाँकी रहँदा एरिक गार्सिया दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोनाको जित टाढिएको थियो।

    यो जितसँगै बेन्फिका समूह ‘ई’ मा दुई खेलबाट चार अंक जोड्दै दोस्रो स्थानमा छ। दोस्रो जितसँगै बायर्न शीर्ष स्थानमा रहँदा बेन्फिका एक अंक जोडेर तेस्रो स्थानमा छ।

    बुधबार राति नै भएको समूह ‘ई’ को खेलमा बायर्न म्युनिखले ड्यनामो केइभ ५-० को फराकिलो गोल अन्तरले पराजित गरेकाे छ।

    घरेलु टोली बायर्नलाई जिताउन रोबर्ट लेवाण्डोस्कीले दुई तथा सर्जी जीनाब्री, लिरो साने र इरिक मोटिङले १/१ गोल गरे।

    जितसँगै समूह ‘ई’ मा बायर्न शीर्ष स्थानमा छ। उसको दुई खेलबाट ६ अंक छ । केइभको दुई खेलबाट एक अंक रहँदा बार्सीलोना बिना अंक पुछारमा रहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij