आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालीमाथि नाकामा भारतीय प्रहरी र कर्मचारीबाट दुर्व्यवहार, मागेको रकम नदिए सामान लथालिङ्ग फालिदिने

  • प्रकाशित मिति : बिहिबार, अशोज १४, २०७८



  • कैलाली । रोजगारकोलागि भारत गएका नेपालीहरु चाडपर्व मनाउनका घर फर्कन थालेसँगै सीमा नाकामा जबर्जस्ती पैसा असुल्न थालिएको छ । कञ्चनपुरको गौरीफण्टा तथा कैललीको त्रिनगर नाका भएर आउने नेपालीहरुबाट नाकामा खटिएका भारतीय प्रहरी र भन्सार कर्मचारीले जबर्जस्ती असुली गर्न थालेका हुन ।

    भारतीय सुरक्षाकर्मीले नाकामा सामान चेकजाँचका नाममा पैसा माग्ने र नदिनेलाई विभिन्न वहानामा रोकेर पैसा दिन बाध्य पार्ने गरेका पाईएको छ । भारतबाटै दोब्बर भाडा तिरेर आएका नेपालीहरुलाई भारतीय प्रहरी र भन्सार कर्मचारीले भारु ५० देखि पाँच सयसम्म असुल गर्ने गरेका घर फर्केका नेपालीहरुले गुनासो गरेका छन् ।

    भारतीय प्रहरीले पैसा नदिए विभिन्न वहानामा रोक्ने, सामान खोलेर राख्ने र छरपष्ट पारिदिने, जफत गरिदिने आदि अनावश्यक दुख दिने गरेका छन् । गौरीफण्टा नाकाबाटै आएका धन बहादुर धामीलाई सानो गाडीमा छिटो र सजिलै धनगढीसम्म पुगाउने भनेर टिकट काट्न बाध्य बनाई भारतीय यातायात व्यवसाईले जवरजस्ती ठूलो गाडीमा पठाएको बताउनुभयो ।

    पश्चिमी नाका त्रिनगर—गौरीफन्टा भएर स्वदेश फर्किने नेपाली भारतमै लुटिन थालेका हुन । सीमा क्षेत्रमा विगतदेखि नै भारतीय भन्सारकर्मी, प्रहरी र रिक्सा चालकले असुली धन्दा चलाएको गुनासो गरिएकोमा अहिले भारतमै लुटिने क्रम बढेको हो । यस तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij