आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आईपीएल क्रिकेट : दिल्लीद्वारा मुम्बई चार विकेटले पराजित

  • प्रकाशित मिति : शनिबार, अशोज १६, २०७८



  • एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेट अन्तर्गत शनिबारको पहिलो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गरेको छ ।

    मुम्बईले दिएको १ सय २९ रनको लक्ष्य १९ ओभर १ बलमा ६ विकेटको क्षतिमा पूरा गर्दै दिल्लीले चार विकेटको जित दर्ता गराएको हो । दिल्लीको जितका लागि श्रेयस अय्यरले ३३, ऋषभ पन्तले २६, रवीचन्द्रन अश्विनले २० र शिमरोन हेटमायरले १५ रनको योगदान गरे ।

    मुम्बईका ट्रेन्ट बोल्ट, जयन्त यादव, कुर्णाल पाण्ड्या, जसप्रित बुमराह र नाथन कट्लर–निलले एक–एक विकेट लिए ।

    यसअघि युएईको शारजहाँमा टस हारेर ब्याटिङमा तानिएको मुम्बईले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय २९ रन बनाएको थियो । उसका लागि सूर्यकुमार यादवले ३३, क्वीन्टिन डी ककले १९, हार्दिक पाण्ड्याले १७, सौरभ तिवारीले १५, कुर्णाल पाण्डेयले १३ र जयन्त यादवले ११ रन बनाएका थिए ।

    मुम्बईलाई सस्तैमा समेट्न दिल्लीका अवेष खान र अक्षर पटेलले तीन–तीन तथा रविचन्द्रन आश्वीन र एनरिच नर्ट्जेले एक–एक विकेट लिए ।

    जितसँगै १८ अंक जोडेको दिल्ली अंकतालिकाको दोस्रो स्थानमा छ । ११ खेलबाट समान १८ अंक जोडेको चेन्नई सुपर किङ्स नेट रनरेटका आधारमा पहिलो स्थानमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij