आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काठमाडौंलाई विराटनगरको १०५ रनको लक्ष्य

  • प्रकाशित मिति : आइतवार, अशोज १७, २०७८



  • काठमाडौं। एभरेस्ट प्रिमियर लिग (इपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले काठमाडौं किङ्स इलेभनलाई १०५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर ब्याटिङ निम्तो पाएको विराटनगरले ८ ओभरमा ५ विकेट गुमाउँदै १०४ रन बनाएको हो।

    यसअघि निर्धारित समयमा टस हुन नसकेपछि खेल ८ ओभरमा झारिएको हो । राति परेको वर्षाको कारण मैदानको आउटफिल्ड ओसिलो भएपछि खेल ८ ओभरमा छोट्याइएको थियो।

    विराटनगरको लागि अनिल शाहले सर्वाधिक ४५ रन बनाए। अविजित रहेका अनिलले १६ बल खेल्दै २ चौका र ५ छक्का हिर्काएका थिए। यस्तै रायन पाठनले ३० रन बनाएका थिए । ११ बल खेलेका ओपनिङ ब्याटर रायनले २ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै यस्तै कप्तान करण केसीले १५ रन बनाए।

    यता, टस जितेर बलिङ गरेको काठमाडौंको लागि गुल्शन झा, रायन बर्ल र कप्तान सन्दीप लामिछानेले समान १ विकेट लिए।

    काठमाडौं प्रतियोगिताको दोस्रो जितको खोजिमा छ । उसले २ खेलबाट १ जित र १ हार व्यहोर्दै २ अंक जोडेको हो। यता, विराटनगर भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ । ४ खेल खेलको विराटनगरको चारै खेलमा हार व्यहाेर्दै अंक तालिकाको पुछारमा छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij