आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फाइनलमा

  • प्रकाशित मिति : बुधबार, अशोज २७, २०७८



  • काठमाडौं । पुरुष साफ च्याम्पियनसिप अन्तर्गत सिंगल राउण्ड रोबिनको चौथो तथा अन्तिम खेलमा अहिले नेपाल र बंगलादेशबीच १-१ गोलको बराबरीमा टुङ्गिएको छ । योसँगै नेपालले साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल स्थान बनाएको छ ।

    माल्दिभ्सको माले स्थित राष्ट्रिय रंगशालामा भएको खेलमा पहिलो हाफमा बंगलादेशले नेपालविरुद्ध १–० को अग्रता बनाएको थियो ।

    बंगलादेशका सुमन रेजाले खेलको ९ मिनेटमा सुरुवाती अग्रता लिएका थिए । कप्तान जमल भुयानले दिएको फ्रिकिक पासमा सुमनले सिक्स यार्ड बक्सबाट हेडिङ गोल गरेका थिए । खेलको दोस्रो हाफको ७९ औँ मिनेटमा बंगलादेशका गोलरक्षक जिकोले रेड कार्ड पाएपछि बंगलादेश १० खेलाडीमा सिमित हुन पुग्यो । नेपलका लागि अन्जन बिष्टले ८८ औँ पेनाल्टी गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

    सन् १९९३ बाट सुरु भएको साफको १३ औं संस्करण आईपुग्दा नेपाल हालसम्म फाइनल पुग्न सकेको थिएन । साफ च्याम्पियनसिपमा नेपालले पहिलो पटक फाइनल स्थान बनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij