आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

T-20 विश्वकपः आयरल्याण्डलाई हराउँदै श्रीलंका सुपर १२ मा प्रवेश

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ४, २०७८



  • काठमाडौं । श्रीलंकाले युएई र ओमानमा जारी आईसीसी टीट्वान्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।आबुधाबीमा बुधबार राति आयरल्याण्डलाई ७० रनले पराजित गर्दै श्रीलंकाले लगातार दोस्रो जित निकालेको हो ।

    श्रीलंकाले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटियो ।

    आयरल्याण्डका लागि कप्तान एन्डी बलब्रिनीले ४१ रन बनाए ।यस्तै कर्टिस क्याम्फरले २४ रन जोड्दा आउट भए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

    आयरल्याण्डलाई सस्तैम समेट्न श्रीलंकाका महेश थिकसानाले ३ विकेट लिए । लाहिरु कुमारा र चामिका करुनारत्नेले २र२ विकेट लिए ।यस अघि पहिले ब्याटिङ श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

    श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ७१ रनको अर्धशतकीय इनिङ्स खेले ।यस्तै अर्धशतकीय इनिङ्स खेलेका पाथुम निशान्काले ६१ रन बनाए । कप्तान डसुन शनकाले अविजित २१ रन बनाए ।

    आयरल्याण्डका जोस लिट्टलले ४ विकेट लिए । मार्क एडीयरले २ तथा पाउल स्ट्रर्लिङले १ विकेट लिए ।यस जितसँगै श्रीलंकाले सुपर १२ स्थान पक्का गरेको छ ।

    पहिलो चरणको समूह ए मा रहेको श्रीलंकाले २ खेलमा ४ अंक जोडेको छ ।श्रीलंका समूहको शीर्ष स्थानमा रहेको छ ।

    आयरल्याण्ड २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।आयरल्याण्डको पनि सुपर १२ मा पुग्ने सम्भावना कायम छ ।

    यस अघि पहिलो खेलमा श्रीलंकाले नामिबियालाई ७ विकेटले हराएको थियो ।यस्तै आयरल्यान्डले पनि नेदरल्यान्ड्सलाई ७ विकेटले नै हराएको थियो । यस समूहबाट नेदरल्यान्ड्स भने बाहिरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij