मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

चीनमा फेरि कोरोनाको प्रकोप देखियो‚ सयौँ उडान रद्द र स्कुल बन्द

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ५, २०७८



  • काठमाडौँ, ५ कार्तिक । चीनमा फेरि कोरोना भाइरसको प्रकोप देखिएको छ । सरकारले सयौँ उडान स्थगित गरेको छ ।

    यसैगरी स्कुल बन्द गरिएका छन् । सरकारले व्यापक रूपमा परीक्षण सुरु गरेको छ ।

    यसमा पर्यटक जिम्मेवार भएको बताइएको छ । लगातार पाँचौँ दिन चीनमा नयाँ संक्रमित बढेका छन् । उत्तरी र उत्तर पश्चिमी क्षेत्रमा संक्रमितको संख्या बढेको छ । राजधानी पेकिङसहित नौ प्रान्त र क्षेत्रमा यसको अधिक प्रभाव देखापरेको छ । स्थानीय सरकारले परीक्षण सुरु गरेका छन् ।

    स्यान‚ कान्सु र इनर मंगोलिया प्रान्तमा प्रभावित क्षेत्रमा स्कुल‚ मनोरञ्जन स्थल र पर्यटकीय स्थल सबै बन्द गरिएका छन् । केही क्षेत्रका घरमा लकडाउन लगाइएको छ । अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन भनिएको छ। ४० लाख जनसंख्या भएको लानचाउ नगरमा घरभित्रै बस्न आग्रह गरिएको छ ।​

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij