आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

२३ वर्ष मुनिको एसियन कप फुटबल छनोटमा आज नेपाल र इरान भिड्दै

  • प्रकाशित मिति : सोमवार, कार्तिक ८, २०७८



  • एजेन्सी । एएफसी २३ वर्ष मुनिको एसियन कप फुटबल छनोटमा नेपालले आज इरानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले इरानको सामना गर्नेछ ।

    नेपाल र इरानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ५ बजे सुरु हुनेछ । इरानविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्ने योजनामा हुनेछ । नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले छनोटमा राम्रो नतिजा निकाल्न तयार रहेको बताएका छन् ।

    तर, इरानविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन । नेपालले २३ वर्ष मुनिको एसियन कप छनोटमा इरानसँग दोस्रो पटक खेल्न लागेको हो । यस अघि नेपालले सन् २०१५ मा इरानसँग उसैको घरेलु मैदानमा खेलेको थियो ।

    त्यस खेलमा इरानले नेपाललाई ५–० ले पराजित गरेको थियो । छनोटको समूह ’बी’ मा रहेको नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा खेल्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij