आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

माटोका पाला बनाउन कुमालेलाई भ्याइनभ्याइ

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक १६, २०७८



  • काठमाडौं । तिहार लागेसँगै भक्तपुरमा माटोका पाला बनाउन कुमालेलाई भ्याइनभ्याइ भएको छ ।

    दीपावलीको समय आएपछि भक्तपुर नगर तथा मध्यपुर थिमिका प्रजापति समुदाय तथा माटोका भाँडा बनाउनेहरू व्यस्त भएका हुन् । उनीहरू मागअनुसार पाला बनाउन भने नसकेको बताउँछन् ।

    अन्य समयमा दैनिक दुई दर्जन पनि बिक्री नहुने पाला तिहारको समयमा एकै कुमालेले एक लाख भन्दा बढी बिक्री गर्ने गरेको व्यवसायीहरु बताउँछन् ।

    गत वर्ष कोरोनाका कारण बिक्री नभए पनि यसवर्ष मागअनुसारको परिपूर्ति गर्न नसकेको व्यवसायीको भनाइ छ । व्यवसायीहरूका अनुसार माटो अभावका कारण पाला बनाउन समस्या भएको छ ।

    जताजतै प्लानिङ र सहरी विकासका कारण पाला लगायतका माटाका भाँडा बनाउने पेशा संकटमा परेको उनीहरुको गुनासो छ ।

    पाला मात्र नभएर अन्य भाँडा बनाउँदा माटोको समस्या तथा भाँडा पोल्न स्थानको अभाव समेत हुने गरेको उनीहरु बताउँछन् । उपत्यका तथा बाहिरका बासिन्दाका लागि भक्तपुरमा बनाइएको पाला निकै परिचित छ ।

    यसको मौलिक परिचयका कारण उपत्यकाबाहिर काभ्रे, सिन्धुपाल्चोक, पोखरा, धरानलगायत विभिन्न अन्य जिल्लाबाट समेत भक्तपुरसम्म पाला किन्न आउने गरेका छन् ।

    भक्तपुरमा दिपावलीमा पाला मात्र नभएर लाख बत्ती बालिने पालाहरु विभिन्न माटाका भाँडाहरू दही जमाउने कतारोलगायतका विभिन्न भाँडाहरू भक्तपुरमा बन्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij