मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बेलायतमा एकैदिन २९३ संक्रमितको मृत्यु

  • प्रकाशित मिति : बुधबार, कार्तिक १७, २०७८



  • लन्डन । बेलायतमा पछिल्लो एक सातामा कोरोनाका मृतक संख्या १५ प्रतिशतले बढेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार २४ घन्टामा थप २९३ जना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४० हजार ९६४ पुगेको छ ।

    दैनिक संक्रमितको संख्यामा भने केहि कमी आएको छ । लगातार ४० हजार माथि रहेको दैनिक संक्रमित संख्या ३३ हजार ८६५ मा झरेको छ । एक साताको तुलनामा संक्रमित संख्या १०.४ प्रतिशतले घटेको हो । यसैगरी अस्पताल भर्ना हुनेको संख्यामा वृद्धि भएको छ । योसँगै बेलायतमा कुल संक्रमितको संख्या ९१ लाख ३० हजार ८५७ पुगेको छ ।

    पछिल्लो २४ घन्टामा कोरोनाका कारण एक हजार दुई जना अस्पताल भर्ना भएका थिए । हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ९ हजार ५३८ पुगेको छ । यस्तै एक हजार ३० जना संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij