आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विश्वकप क्रिकेटको सेमिफाइनलमा आज इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

  • प्रकाशित मिति : बुधबार, कार्तिक २४, २०७८



  • एजेन्सी । विश्वकप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलहरु आजबाट सुरु हुँदैछन् । युएईको अबु धाबीमा हुने पहिलो खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्नेछन् । इंग्ल्याण्ड आफ्नो समूहको विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।

    उसले समूहका ५ मध्ये ४ खेल जितेको थियो भने एक खेल हारेको थियो । समुह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकासँग हार्नुअघि इंग्ल्याण्डले अष्ट्रेलिया, वेष्ट इंडीज, श्रीलंका र बंगलादेशलाई हराएको थियो ।

    उता न्युजिल्याण्ड आफ्नो समुहमा उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । तुलनात्मकरुपमा कमजोर मानिएको यो समुहमा न्युजिल्याण्डले पाकिस्तानसँग हार वेहोर्दा भारत, अफ्गानिस्तान, नामिबिया र स्कटल्याण्डलाई हराएको थियो ।

    समूहको अन्तिम खेलमा जेसन रोय घाइते भएपछि इंग्ल्याण्ड आज दबाबमा देखिनेछ । उत्कृष्ट फर्ममा रहेका जोस बट्लरसँगै आज रोयको ठाउँमा जोनी बेयरस्टो ओपनिङ व्याटिङमा आउन सक्छन् ।

    यो खेलको विजेताले आइतवार हुने फाइनल खेलमा पाकिस्तान र अष्ट्रेलियामध्ये एक टोलीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा भोलि बेलुकी पाकिस्तानले अष्ट्रेलियासँग खेल्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij