आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

क्रिकेट इतिहासमै भारतको लागि लाजमर्दो दिन, आइसीसीको उत्कृष्ट टिममा कुनै भारतीय छैनन्

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ३०, २०७८



  • काठमाडौं । विश्वकपको खेलमा पाकिस्तानसँग हारेपछि नै लाजमर्दो अवस्थाको सामना गरिरहेको भारतीय क्रिकेट टिमको लागि आज झनै लाजमर्दो दिन बनेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले विश्वकपको समाप्तिसँगै विश्वकपमा खेलेका खेलाडीहरुमध्येबाट सर्वोत्कृष्ट प्लेइङ ११ घोषणा गरेको छ । यो टिममा आइसीसीले एक जना पनि भारतीय खेलाडीलाई राखेको छैन ।

    पाकिस्तानी कप्तान बाबर आजमलाई आइसीसीले यो टिमको कप्तानको जिम्मेवारी दिएको छ । बाबर आजमले विश्वकपमा पाकिस्तानलाई सेमिफाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका निभाएका थिए । विश्वकपमा सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि उनी नै हुन् । उनले ६ खेलमा ६०.६ को औसतमा र १२६.२५ को स्ट्राइक रेटमा ३०३ रन बनाएका थिए । ६ खेलमा बाबरले ४ अर्धशतक बनाए ।

    आइसीसीको सर्वोत्कृष्ट टिमको छनोट गर्ने प्यानलमा इयान बिशप, शेन वाटसन, नताली जर्मनोस, पत्रकारहरु लरेन बुथ र शाहीद हाशमी थिए । आइसीसीको सर्वोत्कृष्ट टिममा ब्याटिङ क्रमको हिसाबले क्रमशः डेभिड वार्नर, जोस बटलर, बाबर आजम (कप्तान), चरित असलंका, एडेन मार्करम, मोइन अली, वानिन्दु हसरंगा, एडम जाम्पा, जोश हेजलउड, ट्रेन्ट बोल्ट र एनरिक नोर्त्जे छन् । १२ औं खेलाडीको रुपमा शाहीन शाह आफ्रिदीलाई राखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij