आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एमाले महाधिवेशन : चितवनमा सुरक्षा व्यवस्थामा कडाई, ठूला सवारी साधन प्रवेशमा रोक

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १०, २०७८



  • चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन समारोहलाई ध्यान दिँदै चितवनमा विहानैदेखि बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । भने चितवन प्रवेश गर्ने सवारी साधनहरु पनि रोकिएको छ ।

    पश्चिमबाट आएका सवारीहरु गैँडाकोटमा रोकिएका छन भने पूर्वबाट आएका सवारीलाई पारस बसपार्कमा रोकिएको छ । एमाले नेता तथा कार्यकर्ता लिएर आएका सवारी साधनहरु पनि रोकेर सहभागीहरुलाई पैदल पठाइएको छ ।

    पुल्चोक र गैंडाकोट जोड्ने पुलमा लहरै प्रहरी खटाइएको छ । यस्तै ट्राफिक प्रहरीको पनि बाक्लो उपस्थिति रहेको छ । मालवाहक सवारीसाधन विहानसम्म चलेका भएपनि अहिले सवारी साधनको चाप ज्यादै कम छ ।

    उद्घाट्न स्थल नारायणी नदी किनारमा विहानैदेखि मानिसहरु भरिन थालेका छन् । विभिन्न जिल्लाबाट आएका एमाले कार्यकर्ताहरु उद्घाट्न स्थलमा पुगिसकेका छन् भने चितवन र आसपासका जिल्लाबाट आएका सर्वसाधारण पनि नारायणी नदी किनारमा पुग्दैछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij