मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

धेरै कागती पानी शरीरका लागि हानिकारक, शरीरमा पुर्‍याउँछ नोक्सान

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १७, २०७८



  • एजेन्सी । कागती भिटामिन ‘सी’ को प्रमुख स्रोत हो ।

    कागती पानीले पेटमा भएको समस्या समाधान गर्नुका साथै शरीरको तौल घटाउन पनि मद्दत गर्छ । यसले शरीरलाई हाइड्रेड राख्ने र पाचन प्रणालीलाई दुरुस्त राख्छ । तर, धेरै मात्रामा कागती पानी पिउँदा नोक्सान पुर्‍याउने हुन्छ ।

    १.दाँतलाई नोक्सान : अमेरिकन डेन्टल एशोसियसनका अनुसार धेरै कागतीको सेवनले दाँतमा भएको प्राकृतिक इनामेललाई असर गर्छ । कागती पानीपछि सादा पानी पिउँदा यसको असर कम गर्न सकिने अध्ययनको निष्कर्ष छ । कागती पानी पिएलगत्तै ब्रस गर्नुहुँदैन ।

    २.पेटमा समस्या : कागती पानी पेटको लागि फइदाजनक भए पनि धेरै प्रयोगले ग्यास्ट्राेएसोफेजल रिफ्लक्स रोग र एसिड रिफ्लक्स जस्ता समस्या हुन सक्छन् । यस्ता समस्याहरू कागतीजस्ता एसिडिक खानाबाट सुरु हुन्छ । यस्ता रोगले छाती पोल्ने र उल्टीसमेत हुन्छ ।

    ३.कागतीको बोक्रामा हुन्छ किटाणु : जर्नल अफ एनवायर्नमेन्टल हेल्थले २००७ मा गरेको अध्ययनमा विभिन्न २१ रेस्टुरेन्टका कागतीको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा धेरै कागतीको बोक्रामा शुक्ष्म किटाणु भेटिएको र यसले विरामी पार्नसक्ने बताइएको छ । बोक्रासहितको कागती पानीमा राख्दा यसले झन् असर गर्ने भएकाले कागतीको रसलाई मात्र पानीमा मिसाउनु फाइदाजनक हुन्छ ।

    ४ घाउ निको हुन धेरै समय लाग्ने : कागतीको रसले घाउलाई पोल्ने र दुखाउने हुन्छ । एक दुई हप्तामा निको हुने घाउलाई कागती पानी धेरै पिउँदा घाउलाई बढाउने र घाउ ठिक हुन लामो समय लाग्ने हुन्छ । त्यसैले शरीरमा घाउ लागेको समयमा धेरै अमिलो फल नखानु फाइदाजनक हुन्छ ।

    ५.टाउको दुख्ने/माइग्रेन : अमिलो फल र माइग्रेनबीच खासै बलियो सम्बन्ध पाइँदैन । केही अध्यनका अनुसार अमिलो फलले माइग्रेनलाई बढाउन सक्छ । न्युरोलोजिस्ट रेबेका ट्रबका अनुसार कागतीमा टाइरामाइन धेरै हुने हुँदा अन्य फलको तुलनामा यसले माइग्रेन र टाउको दुखाइलाई बढाउँछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij