मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आइरनको कमीले शरीरमा देखिने लक्षणहरु

  • प्रकाशित मिति : सोमवार, पुस ५, २०७८



  • एजेन्सी । आइरनको कमीले थकान र कमजोरी महसुस हुन्छ । खासगरी असन्तुलित खाना, पिरियड, र गर्भवतिको अवस्थामा आइरनको कमी हुने हुन्छ । पुरुषहरुको तुलनामा महिलाहरुमा आइरनको कमी बढी पाइन्छ । त्यसैले शरीरमा देखिने लक्षणहरुलाई समयमै हेरविचार गर्नुपर्ने चिकित्सक बताउँछन् ।

    आइरनको कमी हुनाले शरीरमा धेरै समस्याहरु देखा पर्ने हुन्छन् । आइरन एक जरुरी पोषक तत्वको रुपमा मानिन्छ । जसले हाम्रो पुरै शरीरमा अक्सीजन पुर्‍याउने काम गर्दछ । स्वास्थ्य विज्ञहरुकाअनुसार आइरन हेमोग्लोविनको महत्वपुर्ण तत्व हो । आइरनको कमीबाट शरीरमा स्वस्थ रातो रक्त कोशिकाहरु बनाउन सक्दैन । शरीरमा उक्त रक्त कोशिकाको कमी हुनुलाई आइरन डिफिसेन्सी एनिमिया भनिन्छ । यो पुरुषको तुलनामा महिलाहरुमा धेरै हुने गर्दछ । यसका लक्षणहरु खासै बुझ्न नसकिने हुन्छ ।

    आइरनको कमी हुदा देखिने लक्षण :

    आइरको कमीबाट शरीरमा थकाइ लाग्ने, कमजोरी हुने, छालाहरु पहेलो हुने, सास फेर्न अप्ठ्यारो हुने, बेहोस हुने, टाउको दुख्ने, मुटुको चाल बढ्ने, छातीमा दुखाइ, हात खुट्टा चिसो हुने, कपाल झर्ने, ओठ फुट्ने, घाटी दुख्ने र जिब्रो सुनिने जस्ता लक्षणहरु देखिन्छन् ।

    आइरन कतिसम्म आवश्यक :

    स्वास्थ्य विज्ञहरुकाअनुसार शरीरमा आइरनको आवश्यक व्यक्तिको उमेर, लिङ्ग, पुरै स्वास्थ्य स्थितीमा निर्भर रहन्छ । बालबालिका र नवजात शिशुहरुलाई वयस्कको तुलनामा आइरनको जरुरत बढी हुन्छ । किनकी उनीहरुको शरीर विकास छिटो भइरहेको हुन्छ । ४ देखि ८ बर्षका बालबालिकाहरुको लागि दिनमा १० मिलिग्राम र ९ देखि १३ बर्षका लागि दिनमा ८ मिलिग्राम आइरन आवश्यकता छ ।

    त्यस्तै, महिलाहरुको लागि आइरन धेरै आवश्यकता पर्दछ । किनकि पिरियडको समयमा महिलाको शरीरबाट रगत धेरै मात्रामा बहिर निस्कने हुन्छ । चिकित्सककाअनुसार १९ देखि ५० बर्ष सम्मका महिलालाई हरेक दिन १८ मिलिग्राम आइरन आवश्यक छ । त्यस्तै समान उमेरका पुरुषलाई जम्मा ८ मिलिग्राम आइरन आवश्यक हुन्छ । त्यस्तै, गर्भवति महिला, स्तनपान गराइरहेकी महिला, मृगौला रोगी, अल्सर शल्यक्रिया गरेका बिरामीको लागि, भारी काम गर्ने र शाहाकारी भोजन गर्ने महिलालाई बढी मात्रामा आइरन आवश्यक हुन्छ ।

    कुन खानामा आइरनको मात्रा बढि हुन्छ :

    माछामासु, अण्डा, गेडागुडी, हरिया सागपात, हरियो केराउ , ब्रो-काउली, साबुदाना, फलफुल जस्ता खानेकुरामा आइरन बढी पाइन्छ । शरीरमा आइरनको कमी हुन नदिन खानपानमा विशेष ध्यान दिनुपर्दछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij