आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

  • प्रकाशित मिति : शनिबार, पुस १०, २०७८



  • काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

    हिमालयन र च्यासलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । हिमालयन ५ खेलमा ५ अंक जोडेर नवौं स्थानमा रहेको छ । च्यासल ५ खेलमा ४ अंक जोडेर १३ औं स्थानमा रहेको छ । दोस्रो खेलमा तालिकाको शीर्ष दुई टोली मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
    यी दुईबीचको खेल साँझ पौने पाँच बजे सुरु हुनेछ ।

    मनाङ ५ खेलमा १३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । साविक विजेता मछिन्द्र पनि मनाङलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । मछिन्द्र ५ खेलमा ११ अंक जोडेर दोस्रो स्थानमा छ । लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij