आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पाकाे दाेस्राे जित, च्यासले ३-१ गाेलले पराजित

  • प्रकाशित मिति : शनिबार, पुस १०, २०७८



  • काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले दोस्रो जित निकालेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबारको पहिलो खेलमा च्यासल युथ क्लबलाई ३—१ गोल अन्तरले हराउँदै शेर्पाले लिगमा दोस्रो जित निकालेको हो ।

    खेलको २५औं मिनेटमा शेर्पाका लागि मुतम्बा भ्युनयोलिले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । ५६औं मिनेटमा मुतम्बाले पुनः गोल गर्दै शेर्पाको अग्रता दोब्बर पारे ।

    यस्तै, च्यासलका लागि ७५औं मिनेटमा रूमेस बर्तौलाले सान्त्वना गोल गरे । उनले राजिव लोप्चनको पासमा गोल गरेका थिए ।

    शेर्पाका लागि खेलको ८०औं मिनेटमा सुरेश कुमालले तेस्रो गोल गरे ।

    जितसँगै शेर्पा लिगमा ६ खेलबाट ८ अंक जोड्दै तालिकाको छौठौं स्थानमा उक्लिएको छ । पराजित च्यासल समान खेलबाट ४ अंक जोड्दै रेलिगेसन जोनमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij