आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लिभरपुल र टोटनह्याम विजयी

  • प्रकाशित मिति : सोमवार, पुस २६, २०७८



  • एजेन्सी । एफ.ए कप फुटबलमा शिर्ष क्लबहरु लिभरपुल र टोटनह्याम हट्सपर विजयी भएका छन् । उपाधि दावेदार लिभरपुलले आफ्नै मैदानमा भएको खेलमा श्रिउस्बरी टाउनलाई ४–१ ले पराजित ग¥यो ।

    खेलमा श्रिउस्बरीका ड्यानियल उदोले पहिलो गोल गरेपनि लिभरपुलका कैदै गोर्डनले बराबरी गोल गरे । यसपछि फाबिन्होले दुई तथा रोबर्टो फर्मिनोले एक गोल गर्दै लिभरपुललाई विजयी गराए ।

    एफ.ए कपकै अर्को खेलमा टोटनह्याम हट्सपरले मोरेक्याम्बेलाई ३–१ ले हराउँदा वेष्ट ह्याम युनाइटेडले लिड्स युनाइटेडमाथि २–० को जित निकाल्यो ।

    वुल्भरह्याम्पटन वान्डरर्सले शेफिल्ड युनाइटेडलाई ३–० ले हराउँदा आर्सनल भने नटिङ्घम फरेष्टसँग १–० ले पराजित भयो । गएरातिका अन्य खेलहरुमा विजयी हुँदै स्टोक सिटी, लुटन टाउन, कार्डिफ सिटी र नरिच सिटी पनि एफ.ए कप फुटबलको चौथो चरणमा पुगेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij