आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

४६ सय ३६ काेराेना संक्रमित थपिए, उपत्यकामा २२ सय १९

  • प्रकाशित मिति : शनिबार, माघ १, २०७८



  • काठमाडौं । नेपालमा गत २४ घण्टामा ४ हजार ६ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् ।

    १० हजार ४ सय १२ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ७ सय ३ र ४ हजार १ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ५० जनामा संक्रमण पुष्टि भएको हो । परीक्षण घटे पनि संक्रमणदर भने आज उच्च देखिएको छ ।

    काठमाडौंमा १५ सय ९१, भक्तपुरमा १ सय ४२ र ललितपुरमा ४ सय ८६ गरी जम्मा काठमाडौं उपत्यकामा २२ सय १९ संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यो संक्रमण दर झण्डै ३२ प्रतिशत हो ।

    शुक्रबार २० हजार ५ सय ६० नमुना परीक्षण गर्दा ५ हजार ८७ संक्रमित थपिएका थिए। यो परीक्षणको तुलनामा झण्डै २५ प्रतिशत हो ।

    यो अवधिमा ४ जनाको मृत्यु भएको छ भने ३ सय ५० जना संक्रमणमुक्त भएका छन्। हाल सक्रिय संक्रमितको संख्या २१ हजार ५ सय ८४ पुगेको मन्त्रालयको विवरण छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij